आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

शुक्रबार, २९ असार २०८०, १४ : २४
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । 

कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा १२ बजेदेखि जारी बैठकमा एक वर्षे पार्टी संगठन सुदृढ अभियानको समीक्षा गर्ने सो पार्टीका नेताहरुले बताएका छन् । 

बैठकमा यो बीचमा कतिपय नेता कार्यकर्ताले पार्टी छोडेकाले उक्त स्थानमा अन्य नेताहरुलाई जिम्मेवारी दिने विषयमा समेत छलफल हुने उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । 

एमालेबाट समाजवादी पार्टी गठन गर्दा साथ दिएका मुकुन्द न्यौपाने, केदार न्यौपाने, चुडामणी जंगलीलगायतले केही समयअघि पार्टी छाडेका थिए । बैठक तीन दिनसम्म चल्ने नेताहरुले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप