सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश अस्पताल सुर्खेतमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण

शुक्रबार, २९ असार २०८०, १५ : १५
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । प्रदेश अस्पताल सुर्खेतमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफल भएको छ । 

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा रोल्पा जिल्ला रोल्पा नगरपालिका २ का ५५ वर्षीय आमाले ३७ वर्षीय छोरालाई मिर्गौला दान गरेकी थिइन् । अंगदाता र अंग ग्रहणकर्ता दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रत्यारोपण केन्द्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अस्पताल सुर्खेतमा २०७९ माघ २१ गते पहिलो प्रत्यारोपण सेवा सुरु गरिएको थियो ।  सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ र प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काको टिमद्वारा उक्त प्रत्यारोपण कार्य सम्पन्न भएको हो । 

मिर्गौला प्रत्यारोपण कार्यमा प्रदेश अस्पताल सुर्खेतका चिकित्सकहरू, ओटी इन्चार्ज तथा ओ.टी. र आई.सी.यु. मा कार्यरत नर्सिङ्ग कर्मचारी र प्रयोगशालाकर्मीका लगायतका कर्मचारीहरू संलग्न थिए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप