आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्डले भेटे कांग्रेस सभापति देउवालाई

शुक्रबार, २९ असार २०८०, १६ : ३३
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा आएका विदेशमन्त्री लु सभापति देउवालाई भेट्न शुक्रबार दिउँसो धुम्बाराहीस्थित देउवाको निवासमा पुगेका हुन् ।

सभापति देउवाले सहायक विदेशमन्त्री लुसँग भेटघाट फलदायी भएको ट्वीटरमार्फत जानकारी दिएका छन् । नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा आफूहरूबीच रचनात्मक छलफल भएको देउवाको भनाइ छ।

नेपालमा शान्ति, लोकतन्त्र र विकास प्रबर्द्धनमा अमेरिकी सरकार र सहायक विदेशमन्त्री लुले गर्दै आएको अटल सहयोगका लागि देउवाले धन्यवाद व्यक्त गरे ।  एकदिने नेपाल भ्रमणको क्रममा लुले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप