सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अवैध लागुऔषध गाँजासहित ३ जना पक्राउ

शुक्रबार, २९ असार २०८०, १६ : ३८
शुक्रबार, २९ असार २०८०

काठमाडौं । धादिङ र बाराबाट प्रहरीले लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । धादिङको गजुरी गाउँपालिका–८ चालिसेबाट १० किलो गाँजा सहित २९ वर्षीय रविन दोङ तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । तामाङलाई ईलाका प्रहरी कार्यालय गजुरीले अनुसन्धान गरिरहेको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ बाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जितपुर सिमरा बस्डिल्वा बस्ने २७ वर्षीय अजय राउत अहीर र पर्सा सुगौली गाउँपालिका–२ बस्ने ३१ वर्षीय मेघराज यादव छन् । उनीहरुको साथबाट दुई केजी गाँजा बरामद गरिएको ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ ।  ना.५१ प ८३३९ नम्बरको मोटरसाइकलको ट्याङकीमा लुकाई ल्याएको गाँजा बीआर ०५ जेड ८५११ नम्बरको मोटरसाइकलमा ट्याङकी सहित बदल्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप