कपिलवस्तुमा चट्याङ लागेर एक महिलाको मृत्यु
शुक्रबार, २९ असार २०८०, २१ : ३६
बुटवल । कपिलवस्तुमा चट्याङ् लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका २ भुसुडी निवासी ३५ वर्षीया सबा खातुनको चट्याङ लागेर शुक्रबार मृत्यु भएको हो ।
खातुनको खेतमा धान रोप्ने क्रममा अचानक चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ। उनको शव जिल्ला अस्पताल तोलिहवमा राखिएको छ।