आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वेस्ट इन्डिजविरुद्ध भारतको शानदार जीत

शनिबार, ३० असार २०८०, ०६ : २०
शनिबार, ३० असार २०८०

रोसेउ । भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा शानदार जीत हासिल गरेको छ । भारतले घरेलु टोलीलाई १ इनिङ्स र १ सय ४१ रनको विशाल अन्तरले हराएको हो ।

दोस्रो पालीमा वेस्ट इन्डिज मात्र १ सय ३० रनमा सीमित बन्यो । रवीचन्द्रन आश्विनले ७ विकेट लिएपछि वेस्ट इन्डिजको पाली धराशायी बनेको थियो । त्यस्तै रवीन्द्र जडेजाले २ तथा मोहम्मद सिराजले १ विकेट लिए । वेस्ट इन्डिजका लागि एलिक अथान्जेले सर्वाधिक २८ रन बनाए भने जेसन होल्डर २० रनमा नटआउट रहे । टोलीले पहिलो पालीमा पनि १ सय ५० रन बनाउन सकेको थियो ।

प्लेयर अफ द म्याच घोषित युवा खेलाडी यशश्वी जैसवालले डेब्यूमा बनाएको १ सय ७१ रनको मद्दतले भारतले पहिलो पालीमा ४ सय २१ रन बनाएर पाली समाप्तिको घोषणा गरेको थियो । त्यस्तै, कप्तान रोहित शर्माले १ सय ३ रन बनाएका थिए भने विराट कोहलीले ७६ रनको योगदान दिए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप