आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राजेशको ‘झल्को ज्यानकै आउने’मा इन्द्र र उषाको रोमान्स

शनिबार, ३० असार २०८०, १० : ४२
शनिबार, ३० असार २०८०

काठमाडौँ ।  गायक राजेश राईले झल्को ज्यानकै बोलको गीतको भिडियो रिलिज भएको छ । सिङ्गीङ  सुपर स्टार सिजन १ का विजेता समेत रहेका गायक राजेशको सार्वजनिक गीतमा दुर्लभ जन्तरेको शब्द, राजु सेन्चुरीको सङ्गीत तथा सुबिन सेन्चुरीको सङ्गीत संयोजन छ । 

भिडियोमा  इन्द्र खरेल , उषा उप्रेती र दुर्लभ जन्तरेको अभिनय देख्न सकिन्छ । भिडियोले एक प्रेमील जोडीको चोखो माया हुँदा हुँदा हुँदै पनि आफ्नी मायालुबाट बिछोडिनु पर्दाको कथा देखाएको छ । 

भिडियो निर्देशन दुर्लभ जन्तरेले  गरेका हुन् । पवन सुस्लिङको छायाङ्कन र सम्पादन रहेको भिडियो गायक राईकै अफिसियल च्यानलबाट  सार्वजनिक गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप