आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनए कतारको अध्यक्षमा भट्टको उम्मेदवारी

शनिबार, ३० असार २०८०, २० : २१
शनिबार, ३० असार २०८०

कतार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)  कतारको सन २०२३–२०२५ कार्यकालको लागि अध्यक्षमा  रमेश भट्टले उम्मेदवारी घोषणा गरेका छन् ।  एनआरएनए मध्यपूर्वका डीआरसी समेत रहेका भट्टले कतारमा रहेका धेरै नेपाली संघ संस्थाहरुको समर्थनमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उनलाई जनप्रगतिशील मञ्च कतार, जनसम्पर्क समिति कतार, प्रवासी नेपाली मञ्च कतार, जनजाती महासंघ कतार लगायत संस्थाले संयुक्त उम्मेदवारको रुपमा अघि सारेको बताइएको छ।  एनआरएनको खस्कँदो गरिमालाई बचाई राख्दै संस्थालाई पारदर्र्शी, समावेशी, श्रमिक मैत्री एवम् विश्वसनीय एनसीसी बनाउने अभियानमा कतारमा रहेका सबै नेपालीहरुको साथ सहयोगको लागी भट्टले अनुरोध गरेका छन् ।

कतारको सामाजिक धेरै संघ–संस्थामा आवद्ध भएर नेतृत्व गर्दै प्राप्त गरेको ज्ञान र अनुभव लाई नेपाली समुदायको हितमा प्रयोग गर्ने उद्देश्यसहित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको अध्यक्षमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ । सो पदमा यसअघि जैबी राई चाम्लिङले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप