आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काङ्ग्रेसका नेता चिजकुमार श्रेष्ठको पुस्तक 'यात्रा आफैँभित्र' सार्वजनिक

आइतबार, ३१ असार २०८०, ०९ : ४०
आइतबार, ३१ असार २०८०

काठमाडौँ । नेपाली काङ्ग्रेसका पुराना नेता चिजकुमार श्रेष्ठको पुस्तक 'यात्रा आफैँभित्र' सार्वजनिक भएको छ ।

नेपाल पर्यटन बोर्डमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, विशिष्ट अतिथि सांसद कमला पन्तसँगै अन्य अतिथिहरुको हातबाट संयुक्त रुपमा पुस्तक विमोचन गरिएको थियो । 

प्रमुख अतिथि शर्माले श्रेष्ठलाई नेताका साथै श्रष्टा पनि बनेकोमा काङ्ग्रेस नेता तथा साहित्यकार बिपी कोइरालासँग दाँजे । उनले  बिपी कोइरालाका अनुयायी श्रेष्ठले पनि राजनीतिसँगै साहित्यमा कदम चालेकोमा प्रशंसा गरे । 

मदन पुरस्कार विजेता कवि नवराज लम्सालले आफ्नो व्यक्तिगत जीवनमा घटेको तितो घटना स्मरण गर्दै चिजकुमार श्रेष्ठ काङ्ग्रेस पार्टीबाट कति प्रताडित थिए होला भनि प्रश्न गरे। लम्सालले गोरखापत्र संस्थानमा लिखितमा दुइपटकसम्म एक / एक नम्बरमा नाम निकाल्दा पनि चिजकुमारको मान्छे भनेर अन्तर्वार्तामा फालिनु परेको अनि २२ वर्षपछि समेत पार्टी नेतृत्वले 'त्यो चिजको मान्छे हो, उसलाई नदिनु' भनेर एक संस्थाको उम्मेदवारी नै फिर्ता गर्नु परेको अवस्था सम्झिए । यो यादसँगै उनले चिजकुमार स्वयंले राजनीतिमा कति दुख भोग्नु पर्‍यो, विभेद भोग्नु पर्‍यो होला भन्दै अनुमान लगाउन आग्रह गरे । 

अन्य वक्ताले श्रेष्ठसँगको राजनैतिक यात्रा र पुराना स्मृति सम्झिए । पुस्तकको साथमा श्रेष्ठद्वारा निर्मित दुई राष्ट्रिय गीत 'राष्ट्र देवो भव' र 'वीर गोर्खाली अमर छ' को अडियो / भिडियोसमेत सार्वजनिक गरिएको थियो ।

लामो राजनीतिक यात्रासँगै उनले यसअघि नै राष्ट्रिय गीत,'त्यही सच्चा नेपाली'  र 'यात्रा' सिनेमा समेत निर्माण गरेका थिए ।

श्रेष्ठले आफ्ना बाल्यकालदेखि राजनीतिक, व्यवसायिक र अन्य अनुभवलाई पुस्तकको रूप दिँदै उनले साहित्य यात्राको फड्को मारेका हुन् ।

afai bhitra2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप