सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अर्थमन्त्री महत भारत प्रस्थान

आइतबार, ३१ असार २०८०, १० : ३४
आइतबार, ३१ असार २०८०

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महत भारत प्रस्थान गरेका छन् । आइतबार बिहान जी ट्वेन्टी फाइनान्स ट्रयाक बैठकमा सहभागी हुन अर्थमन्त्री महत भारत प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार अर्थमन्त्री महतको साथमा वैदेशिक मामिला हेर्न सहसचिव श्रीकृष्ण नेपाल र मन्त्रीका निजी सचिव युवराज पाण्डे रहेका छन् । अर्थमन्त्री महत बुधबार स्वदेश फर्किने कार्यतालिका छ ।

सोमबार र मंगलबार भारतको गुजरातमा जी ट्वेन्टी फाइनान्स ट्रयाक बैठक हुने छ । यसमा विभिन्न देशका अर्थमन्त्री तथा गर्भनरसहितको सहभागिता रहनेछ ।

आउँदो सेप्टेम्बरमा भारतले जी ट्वेन्टी शिखर सम्मेलन गर्दै छ । त्यसका तयारीका लागि यो बैठक हुन लागेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप