सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लागुऔषधसहित १४ जना पक्राउ

आइतबार, ३१ असार २०८०, १५ : १२
आइतबार, ३१ असार २०८०

काठमाडौँ । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन् ।  कैलालीको गोदावरी नगरपालिका– ४ गोदावरीबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ २ ग्राम ८ सय ६० मिलीग्रामसहित कञ्चनपुर बेलडाँडी गाउँपालिका–४ बैबाह बस्ने २० वर्षीया कबिता बस्नेत समेत तीन जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलालीकै धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन १० ग्रामसहित सोही उपमहानगरपालिका–२ बैयाबेहडी बस्ने बैतडी मेलौली नगरपालिका–२ घर भएका २२ वर्षीय मनोज चन्दलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले जाँच गर्दा उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । साथै डडेल्धुरा अमरगढी नगरपालिका–५ बस्ने २४ वर्षीय आकाश भट्टलाई नियन्त्रित लागूऔषध स्पास १६ क्याप्सुलसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागुऔषध ब्राउन सुगर २ ग्राम ३ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका–४ बस्ने २८ वर्षीय रबि चौधरीलाई  प्रहरीले पक्राउ गरेको  छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्दा उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । झापाको शिबसताक्षी नगरपालिका–५ स्थितबाट अवैध लागुऔषध गाँजा करिब १ केजी  ३ सय ९६ ग्रामसहित तीनजनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका–४ बस्ने ३० वर्षीय दिपक राई, २० वर्षीय जितेन ताजपुरिया र  सोही नगरपालिका–५ बस्ने लजमुना खातुन रहेका छन् । ईलाका प्रहरी कार्यालय शिबगंजबाट खटिएको प्रहरीले थोरै गाँजासहित दिपक र जितेनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त गाँजा लजमुना खातुनबाट किनेर ल्याएको खुल्न आएपश्चात उनको घर  तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजासहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

झापाकै दमक नगरपालिका–३ स्थित बेल्डागी भुटानी शिविर सेक्टर बी ३ छाप्रा नम्बर २८७ मा बस्ने पाँचथर घर भएका २४ वर्षीय राजु राईलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । राजुले लागुऔषध बिक्री बितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले छाप्रो तलासी गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित गोरखा आबुखैरहनी गाउँपालिका–३ बस्ने ३७ वर्षीय दुर्गा दर्जीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले बा.प्र.०३–००१ च १६८८ नम्बरको गाडीलाई सोही उपमहानगरपालिका–४ कर्रामा जाँच गर्दा उक्त परिमाणको गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

पर्साको वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट अवैध लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही हरिवन नगरपालिका–१० बस्ने २८ वर्षीय सगुन थापा र सोही नगरपालिका–९ बस्ने २९ वर्षीय उज्वलजंग थापा रहेका छन् ।

प्रहरी चौकी ईनार्वा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३०२७ प ७३६७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप