आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अभिनेता शारूक ताम्राकार मृत्यु प्रकरणको न्यायिक छानबिन गर्न माग

आइतबार, ३१ असार २०८०, १७ : ०२
आइतबार, ३१ असार २०८०

काठमाडौँ । अभिनेता शारूक ताम्राकार मृत्यु प्रकरण्णको न्यायिक छानबिन गर्न नेपाल चलचित्र कलाकार संघले माग गरेको छ । संघका अध्यक्ष मोहन निरौलाले आइतबार जारी गरेको विज्ञप्तिमा शारूकको निधनलाई लिएर चलचित्र उद्योगका सबै पेशाकर्मीहरू शसंकित भइरहेको र यो घटनाको न्यायिक छानबिन हुनुपर्दछ भन्ने आवाज उठिरहेकोले गहिरो छानबिन गरी सत्य तथ्यलाई प्रकाशमा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ । 

साथै ताम्राकारले अभिनय गरिरहेको चलचित्रका जिम्मेवार सदस्यले समेत चलचित्रको छायाँकनको क्रममा भएका घटनाबारे बोलेकाले यसबारे पनि छानिबन गरेर दोषीउपर कारबाहीको माग गरिएको छ । 
शारुकले निधन हुनुभन्दा अघिल्लो दिन सम्म ‘हयास्ट्याग माया’ चलचित्रमा अभिनय गरिरहेका थिए।  शारुक सिंगो चलचित्र क्षेत्रमै कामप्रति लगनशील, सालिन र भद्र अभिनेताको रूपमा परिचित रहेको संघको विज्ञप्तिमा उल्लेख छ । 

361414558_616128133941116_6248096393949219015_n
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप