सुशासनका पक्षमा सरकारले काम गरिरहेको छ: मन्त्री बस्नेत
आइतबार, ३१ असार २०८०, १८ : ४५
काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार आर्थिक विकास, सुशासनका पक्षमा काम गरिरहेको बताएका छन् । आइतबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले सरकारले सुशासन कायम गर्ने कुरामा, आर्थिक विकासको गतिलाई अझ तीव्र बनाउने कुरामा काम गरिरहेको बताएका हुन् । मन्त्री बस्नेतले अनियमितताका प्रकरणहरू निष्पक्ष ढङ्गले छानबिन गरी टुङ्गोमा पुग्नेमा जोड दिए ।