सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रियालिटी शो ‘दोहोरी आइकन’ हुने

सोमबार, ०१ साउन २०८०, १० : ४८
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’ आयोजना हुने भएको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोजक एजे इन्टरटेनमेन्टले डिजिटल र अनलाइन अडिसन सुरु भएको जनाएको छ ।

मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले शो आयोजना हुन लागेको हो । प्रतिस्पर्धामा पहिलो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार र वल्र्ड टुरको व्यवस्था गरिएको शोमा कोमल वली, पशुपति शर्मा र कुलेन्द्र विश्वकर्मा निर्णायकको रूपमा छानिएका छन् ।

पीएन सापकोटा र शोभा त्रिपाठी होस्ट रहने शोको घोषणा कार्यक्रममा कोमल वली, समाजसेवी रमेशबाबु श्रेष्ठ, गायक पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा, कृष्ण रेउले, दीपक खड्का लगायतको उपस्थिति थियो । 

‘दोहोरी आइकन’मा मौलिकता र नयाँ प्रतिभालाई विशेष जोड दिइने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप