आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अदालत

ललिता निवास प्रकरण : सचिव राउतसहितका प्रतिवादीको मुद्दा न्यायाधीशद्वय ढुंगाना र सुवेदीको इजलासमा

सोमबार, ०१ साउन २०८०, १० : ४८
सोमबार, ०१ साउन २०८०

काठमाडौं । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउतसहित चार जनाले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दाका लागि सोमबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइ हुने भएको हो । प्रहरी प्रधान कार्यालयले दायर गरेको भ्याकेट पनि सोही इजलासमा सुनुवाइ हुने भएको छ ।

यसअघि आइतबार पनि ती मुद्दा सुनुवाइका लागि पेसी तोकिएको थियो । तर हेर्न नभ्याइएको भन्दै इजलासले प्रतिवादीहरुलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

ललिता निवास प्रकरणमा केही प्रतिवादीले अग्रिम जमानत लिएका कारण प्रहरीले त्यसविरुद्ध भ्याकेट दर्ता गराएको हो ।

सञ्चारसचिव राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह र मालपोतका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले भने आफूहरुलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप