आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भदौ १ मा ‘जुलेबी’ रिलिज

सोमबार, ०१ साउन २०८०, ११ : ०४
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । चार महिलाको प्रेमकथामा आधारित फिल्म ‘जुलेबी’ भाद्र १ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण टिम र वितरण कम्पनी डिसीएनले कागजी सम्झौता गर्दै प्रदर्शन मिति तय गरेको हो ।

यस्तै फिल्मको डिजिटल राइट्स पनि बिक्री भएको छ । डिएआर मुभिजले ‘जुलेबी’ को डिजिटल राइट्स खरिद गरेको छ । डिएआर मुभिजका श्याम धिताल र फिल्मका कार्यकारी निर्माता नवीन भट्टले आइतबार डिजिटल राइटको विषयमा सम्झौता गरेका हुन् ।

उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय रहेको फिल्म एन्थोलोजी जनरामा निर्माण भएको हो ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । यसअघि उनले फिल्म मञ्जरी, गाजा बाजा निर्देशन गरेका थिए ।

विवेक खड्काको छायाङ्कन र अन्जय खड्काको सम्पादन रहेको फिल्मका निर्माता आभा शर्मा नेपाल हुन् । फिल्मको केही देशको विदेश राइट समेत बिक्री भएको निर्माताले शर्माले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप