आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अभिनेता सारुकको चिरशान्तिका लागि दीप प्रज्वलन गरिने

सोमबार, ०१ साउन २०८०, १३ : ३८
सोमबार, ०१ साउन २०८०

काठमाडौंँ । गत असार २१ गते आफ्नै घरमा मृत भेटिएका अभिनेता सारुक ताम्राकारको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिने भएको छ । उनको निधन भएको १४ औं दिनमा बुधवार बौद्धस्थित बौद्ध स्तुपामा दीप प्रज्वलन गर्न लागिएको हो ।

सारुकको सम्झनामा हुन लागेको दीप प्रज्वलनको अभिनेत्री सृष्टि श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।  उनले भनेकी छन्, ‘हामी मक्खन बत्ती र मैनबत्तीहरू प्रज्वलन गर्नेछौं । शान्तिको क्षेत्रमा सारुकको यात्रा ज्योतिको प्रतिक हुनेछ ।’

उनले सबैलाई सामूहिक रुपमा सहभागी भएर सारुकको शान्ति यात्रामा शुभकामना पठाउन अनुरोध समेत गरेकी छन् ।

साँझ ६ बजेदेखि ७ बजेसम्म गरिने दीप प्रज्वलनमा कलाकर्मीको सहभागिता रहने जनाइएको छ । सारुकको आत्महत्याको बिषयमा उचित छानबिनका लागि लागि बिभिन्न कलाकारले सामाजिक सञ्जालबाट माग गरिरहेका छन् । प्रहरीले सारुकले आत्महत्या गर्नुको कारण पत्ता लगाउन उनको मोबाइल जाँचबुझदेखि अन्य अनुसन्धान गरिरहेको छ ।

दयाराम दाहाल निर्देशित फिल्म ‘रानी’ बाट अभिनय यात्रा सुरु गरेका सारुक पछिल्लो समय ‘ह्यासट्याग माया’को सुटिङ गरिरहेका थिए । मृत भेटिएको दिन पनि उनी सुटिङबाटै फर्किएका थिए । उनी अभिनित फिल्म ‘लण्डन टु पेरिस’ प्रदर्शनमा आउन बाँकी छ । 

Capture
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप