आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको नक्कली आधार कार्ड बनाउने पुरुषको आदत नै ‘नकारात्मक’

सोमबार, ०१ साउन २०८०, १४ : ०६
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम र फोटो राखेर नक्कली भारतीय आधार कार्ड सहितका कागजात बनाउने पुरुषको आदत नै ‘नेगेटिभ’ देखिएको छ । आइतबार रुपन्देहीको बुटवल उपमहानगरपालिका, सुख्खानगरबाट शेरबहादुर राना मगर उर्फ टाइगरलाई प्रहरीले पक्राउ गरेर काठमाडौँ ल्याएको छ । आरोपित शेरबहादुर विरुद्ध साइबर ब्युरोले अनुसन्धान सुरु गरेको छ । 

‘टाइगर राना मगर’ नामबाट सामाजिक संजाल ‘फेसबुक’ चलाउँदै आएका शेरबहादुरले प्रधानमन्त्रीको तस्बिर प्रयोग गरि घनश्याम दाहाल नाममा ‘नक्कली’ आधार कार्ड, भारतीय रासन कार्ड र स्थायी लेखा सङ्ख्या कार्ड बनाएर सामाजिक सञ्जालमा शेयर गरेका थिए । उनको फोटोसप प्रयोग गरेर ती कागजात बनाएर शेयर गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

प्रधानमन्त्रीको तस्बिर प्रयोग गरि हुँदै नभएको ‘नक्कली’ भारतीय कागजात बनाएर पोस्ट गरेको आरोपमा उनलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।

टाइगर राना मगरले सामाजिक सञ्जालमा दर्जनौँ ‘अमानवीय’  कमेन्ट गरेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्, ‘उनको आदत नै नकारात्मक देखिएको छ ।’

करिब ४९ वर्षका टाइगर आइटीका जानकार हैनन् । उनी बुटवलका स्थायी बासिन्दा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप