सात रन बनाउँदै आउट भए आसिफ
सोमबार, ०१ साउन २०८०, १४ : ५४
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्धको आफ्नो दोस्रो खेलमा सोमबार नेपालले दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रुपमा आसिफ शेख पेभेलियन फर्किएका हुन् ।
उनी सात रनको ब्यक्तिगत स्कोरमा आउट भए । उनलाई राजबर्द्धन हंगारगेकरले विकेटकिपर ध्रुव जुरेलमार्फत क्याच गराए । ५.१ ओभरमा आसिफ आउट हुँदा नेपालको स्कोर २७ रन थियो । नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको थियो ।