आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गोदावरीबाट ४३ वर्षीया महिला सम्पर्कविहीन

सोमबार, ०१ साउन २०८०, १५ : २३
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–३ बाट ४३ वर्षीया महिला सम्पर्कविहीन भएकी छिन् । गोदावरी बस्दै आएकी डिम्बर कुमारी बिक असार २८ बाट हराएकी हुन् । ३ सन्तानकी आमा डिम्बर हराएको भन्दै उनका पतिले प्रहरी वृत्त सातदोवाटोमा खोजतलास गरिदिन आग्रह गरेका छन् ।

उनका २ छोरी र १ छोरा छन् । बिहीबार (असार २८) मा घरबाट निस्केर उनी नफर्केको छिमेकी सन्दीप सिंह ठकुरीले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘प्रहरी कन्ट्रोलमा पनि जानकारी गराएका छौँ ।’

परिवारको निवेदनका आधारमा महिलाको खोजी भइरहेको प्रहरी वृत्त सातदोबाटोका डिएसपी उमेश जोशीले जानकारी दिए । उनले भने, ‘खोजतलास भइरहेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप