आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनसरी जिल्ला अदालतमा लक्ष्यको ९५ प्रतिशत मुद्दा फर्स्यौट

सोमबार, ०१ साउन २०८०, १५ : ३३
सोमबार, ०१ साउन २०८०

सुनसरी । सुनसरी जिल्ला अदालतमा लक्ष्यको ९५ प्रतिशत मुद्दा फर्स्यौट भएको छ । कुल ९ हजार ३४४ थान मुद्दामा ५ हजार ९५६ थान मुद्दा फर्स्यौट भएको अदालतले जनाएको छ । 

सुनसरी जिल्ला अदालतका श्रेष्तेदार मोहन बहादुर अधिकारीका अनुसार अदालतमा लक्ष्यको करिब ९५ प्रतिशत (९४.५०%) मुद्दा फर्स्यौट भएको हो । कुल ६ हजार ३०२ थान मुद्दा फर्स्यौट गर्ने लक्ष्य लिएकामा ५ हजार ९५६ थान मुद्दा फर्स्यौट गर्न अदालत सफल भएको हो । 

श्रेष्तेदार अधिकारीका अनुसार सुनसरी जिल्ला अदालतमा गत वर्षबाट जिम्मेवारी आएको मुद्दाको सङ्ख्या ४ हजार ४८ थान रहेको थियो । यस वर्ष ५ हजार २९६ मुद्दा दर्ता भई कुल ९ हजार ३४४ थान मुद्दा लगतमा रहेको थियो । सो मध्ये ५ हजार ९५६ थान मुद्दा फर्स्यौट भई ३ हजार ३८८ थान मुद्दा बाँकी रहेको छ । 

सुनसरी जिल्ला अदालतले दुई वर्ष नाघेका मुद्दालाई १२१ थानमा झारेको पनि श्रेष्तेदार अधिकारीले रातोपाटीलाई बताए । 

१२ जना न्यायाधीशको दरबन्दी रहेको सुनसरी जिल्ला अदालतमा हाल एक न्यायाधीश अवकाशमा गएकाले ११ जना न्यायाधीशले कामकाज गरिरहेका छन् । सुनसरीबाट न्यायाधीश हरिप्रसाद कोइरालाले १ हजार १२९ थान मुद्दा फैसला गरी जिल्लाबाट सबैभन्दा बढी मुद्दा फैसला गर्ने न्यायाधीश बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप