आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अदालत

ललिता निवास प्रकरण : सुनुवाइ नसकिएपछि मंगलबारका लागि हेर्दाहेर्दैमा

सोमबार, ०१ साउन २०८०, १६ : २३
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । ललिता निवास जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात कीर्ते लगायतको कसुरमा थुनामा रहेका सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट मंगलबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

सोमबारको सुनुवाइ नसकिएपछि मंगलबार उक्त रिटहरुलाई हेर्दाहेर्दैमा राखिएको हो ।

सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले आफूहरुलाई गैरकानुनी थुनामा राखिएको बन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए । 

सोमबारका लागि न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएकामा सुनुवाइ नसकिएपछि मंगलबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । अब मंगलबार बिहानैबाट ती रिटमाथि सुनुवाइ हुनेछन् ।

थुनामा रहेकाहरुले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएपछि केन्द्रीय अनुसन्धान ब्युरो पनि भ्याकेट निवेदन लिई पक्राउ नगर्न अन्तरिम आदेश लिएका १७ जना आरोपीविरुद्ध भ्याकेट निवेदन लिएर सर्वोच्च अदालत पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप