आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनए यूएईको अध्यक्षमा शाही र ठाकुरको उम्मेदवारी दर्ता (उम्मेदवारको सूचीसहित)

सोमबार, ०१ साउन २०८०, १६ : ४८
सोमबार, ०१ साउन २०८०

गैरआवासीय नेपाली संघ–एनआरएनए (नेपाल एसोसिएसन) यूएईको अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार विकाश शाही र कृष्ण कुमार ठाकुरले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । 

आइतबार राति १० बजेसम्म तय भएको उम्मेदवारी दर्ताको समयमा अध्यक्षमा २ जनासहित विभिन्न पदमा गरी कुल ३३ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक रमेश श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी गरेको छ । यसैगरी महासचिवमा दुई, सचिवमा ५ र कोषाध्यक्षमा एक जनाको उम्मेदवारी परेको छ । 

यसैगरी महिला  र युवा कोअर्डिनेटरमा १–१ जना तथा सहकोषाध्यक्षमा पनि एक जनाको उम्मेदवारी परेको छ । 

यसैगरी सदस्य पदमा ११ जनाको उम्मेदवारी पर्दा आईसीसी सदस्य पदमा ४ जनाको उम्मेदवारी परेको छ । 

मनोनयन दर्ता भएसँगै उम्मेदवारहरूले आ–आफ्नो पक्षमा लबिङ तीव्र बनाएका छन् । 

361406788_168823082872780_4705390211420272291_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप