आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

योगेन्द्रको ‘क्लियर कट’मा कार्टुन क्रुज

सोमबार, ०१ साउन २०८०, १८ : ४९
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । चर्चित संगीतकार योगेन्द्र उपाध्यायको गीत ‘क्लियर कट’ दिन प्रतिदिन लोकप्रिय बन्दै गएको छ । सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युबको ट्रेण्डिङ्गम परेको छ । 

लोकपप शैलीको गीत टिकटक तथा अन्य सामाजिक सञ्जालमा समेत चर्चित बनिरहेको छ । गीतमा योगेन्द्रको संगीत, डिपी खनालको शब्द र शंकर थापा स्माइलको स्वर र उदयराज पौडेलको संगीत संयोजन छ ।

गीतको भिडियोलाई कार्टुन क्रुजले निर्माण गरेको हो । सरोज अधिकारीको निर्देशन रहेको भिडियोमा पवन सुस्लीङको छायाँकन र सरोज अधिकारीकै सम्पादन छ ।

सविन भण्डारी र अनुस्का श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा एञ्जेल राई, पुर्वि सेन, आदर्श गहतराज, योगेश भण्डारी लगायतका कलाकारको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप