आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ फिल्म  'जय हो'को पहिलो गीत 'जोमसोमको डाँडैमा हिउँ खेल्न जाने की'

सोमबार, ०१ साउन २०८०, २० : १२
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । शोभित बस्नेतको प्रस्तुतिमा निर्माण भएको फिल्म 'जय हो' पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक 'जोमसोमको डाँडैमा हिउँ खेल्न जाने की' बोलको गीतमा शम्भुजित बासकाेटाकाे शब्द तथा संगीत र सुरेश लामा र अस्मिता अधिकारीको स्वर छ । 

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा फिल्मका मुख्य कलाकार अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन् । 

टेक पौरखी राईको निर्देशन निर्माण भएको फिल्ममा अर्पण, सलोन, केकी, निशा र माओत्सेकाे अलवा  प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय छ । 

सम्राट बस्नेत द्धन्द्, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।

मुस्ताङ र कास्कीका विभिन्न रमणीय स्थानमा खिचिएको फिल्म कमेडी, एक्सन र लभस्टोरीको समिश्रण छ । राज के अधिकारी र सुरज सरकार फिल्मका निर्माता हुन् । 

आगामी भाद्र ८ गतेबाट  प्रदर्शनमा आउने फिल्म सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको हो । फिल्मलाई उपत्यकामा डिसिएन तथा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप