आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

४० वटा मानव कङ्कालसँग सुत्ने एक अमेरिकन पक्राउ

मङ्गलबार, ०२ साउन २०८०, १० : १०
मङ्गलबार, ०२ साउन २०८०

न्युर्योक । संसार सबै प्रकारका अनौठो मानिसहरूले भरिएको छ। इतिहास मानिसको नराम्रो र राम्रो कर्मले भरिएको छ। मानव अङ्गको तस्करी सुन्नु भएको होला तर मानव अवशेषको तस्करी विरलै सुनिन्छ। अमेरिकामा मानव कङ्कालको कालो व्यापारको चकित पार्ने घटना सार्वजनिक भएको छ । 

एफबीआईले एक व्यक्तिको घरबाट एक दुई होइन, ४० वटा मानव कङ्काल बरामद गरेको छ । अमेरिकाको केन्टकी राज्यको लुइसभिलमा बस्ने एक ३९ वर्षीय नटले निद्रा नलागेको मानव कङ्कालसँग सुत्ने गरेको बयान दिए । 

अभियुक्तबारे सूचना पाएपछि एजेन्सीले उनको घरमा छापा मारेको थियो । छापा मारेर अभियुक्तको घरबाट ४० वटा मानव कङ्काल बरामद भएको छ ।  

अभियुक्त अवैध रूपमा मानव कङ्काल किनबेच गर्ने असुरक्षित भूमिगत समूहसँग आबद्ध रहेको पाइएको छ । मानव कङ्काल चर्को मूल्य तिरेर कालोबजारीमा किनिन्छ । मानिसहरूले सजावटका लागि यी कंकालहरू प्रयोग गर्छन्। अभियुक्त नटलाई पक्राउ गरी उनको घर सिल गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप