मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको स्थिर

मङ्गलबार, ०२ साउन २०८०, ११ : १४
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तय गर्दै सुनको मूल्य सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम छ ।सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य स्थिर कायम छ । महासंघले आज हिजो सोमबारकै मूल्यमा चाँदीको कारोबार भइरहेको जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँ कायम छ । यससँगै, चाँदीको मूल्य लगातार चौथो दिनदेखि स्थिर बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप