आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

४ सय ७५ फरार प्रतिवादी पक्राउ

मङ्गलबार, ०२ साउन २०८०, १४ : ०४
मङ्गलबार, ०२ साउन २०८०


चितवन ।  जिल्ला प्रहरी कार्यालय चितवनले गत आर्थिक वर्षमा चार सय ७५ जना फरार प्रतिवादी पक्राउ गरेको छ । अदालतमा दोषी ठहर भई कैद वा जरिवाना वा दुवै सजाय तोकेर सजाय भुक्तान नगरेका  फरार प्रतिवादी पक्राउ परेका हुन् । फैसला कार्यान्वयनका क्रममा उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत बुझाइएको हो ।

उनीहरुबाट ८० वर्ष १० महिना सात दिन कैद र रू एक करोड ३० लाख ६७ हजार जरिवाना असुल गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार फरार प्रतिवादी खोजीका लागि विशेष टोली परिचालन गरिएको थियो ।

अदालतले लगत कट्टा नगरेका कारण कतिपय व्यक्ति पुनः पक्राउ पर्ने गरेको प्रमुख प्रहरी उपरीक्षक कार्कीले बताए । अदालतले सजाय भुक्तान गर्न बाँकी रहेका भनी दिइएका व्यक्तिहरुले सजाय भुक्तान गरेको प्रमाण दिने गरेको उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप