आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सारुक आत्महत्या प्रकरण

सारुक आत्महत्या प्रकरण : ह्यासट्याग मायाको निर्माता र निर्देशकसँग प्रहरीको सोधपुछ

मङ्गलबार, ०२ साउन २०८०, १५ : १९
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । अभिनेता शारुक ताम्राकारको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ताम्राकारको मोबाइल परीक्षण रिपोर्ट कुरिरहेको प्रहरीले सारुकका निकटस्थहरूसँग सोधपुछ गर्न थालेको छ ।

प्रहरीले चलचित्र ‘ह्यासट्याग माया’को निर्देशक राजीव गुरुङ र निर्माता शर्मिला थापासँग सोधपुछ गरेको छ । निर्माता र निर्देशकसँग सोधपुछ गरेर ‘कागज’ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी सिताराम रिजालले रातोपाटीलाई बताए ।

रातोपुलमा रहेको आफ्नो घरमा मृत भेटिएका सारुक चलचित्र ‘ह्यासट्याग माया’ मा अभिनय गरिरहेका थिए । नायिका नम्रता श्रेष्ठ पनि ह्यासट्याग मायामा अभिनय गरिरहेकी छिन् । तर, सुटिङ आधा पनि नसकिँदै ताम्राकारले संसार छाड्ने निर्णय लिए ।

सारुकको मोबाइल परीक्षण रिपोर्ट आउन कम्तीमा दुई साता लाग्ने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

निर्माता राजीव गुरुङले प्रहरीलाई छायाङ्कन भइरहेको चलचित्र ‘ह्यासट्याग माया’ सँग सम्बन्धित कुराहरू जानकारी गराएको बताए । रातोपाटीसँग कुरा गर्दै गुरुङले भने–‘फिल्मसँग सम्बन्धित कुराहरू बताएको छु ।’

निर्माता र निर्देशकलाई प्रहरी वृत्त मालिगाउँका अनुसन्धान अधिकृतहरूले बयान लिएका हुन् । सारुकलाई आत्महत्या गर्न ‘दुरुत्साहन’ गरिएको थियो वा थिएन भन्नेबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । एसपी रिजाल भन्छन्–‘अनुसन्धानको कुनै पनि कसर बाँकी राखेका छैनौँ, विभिन्न विधिबाट अनुसन्धान हुँदै छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप