सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सम्झौता नवीकरणसम्बन्धी अन्यौलबीच एमबाप्पेले क्लबका अध्यक्षसँग भेटे

मङ्गलबार, ०२ साउन २०८०, १६ : ४६
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का प्रभावशाली स्ट्राइकर केलियन एमबाप्पेले मंगलबार क्लबका अध्यक्ष नासिर अल खेलाइफीसँग भेटेका छन् । फ्रान्सेली स्टार एमबाप्पे र पीएसजीका अध्यक्ष अल खेलाइफीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

२४ वर्षीय एमबाप्पे र अध्यक्ष अल खेलाइफीबीच गत जुनपछि पहिलो पटक भेट भएको हो । गत जुनमा एमबाप्पेले अध्यक्ष अल खेलाइफीलाई पत्र पठाउँदै आफू पीएसजीसँग सम्झौता नवीकरण गर्न अनिच्छुक रहेको बताएका थिए । त्यसयता यी दुईबीच भेट भएको थिएन । 

सन् २०१८ मा पीएसजीमा आबद्ध भएका एमबाप्पेको सम्झौता सन् २०२४ मा सकिँदै छ । त्यसपछि उनी पीएसजी छाडेर अन्य क्लबमा जान स्वतन्त्र हुनेछन् । क्लबका अध्यक्ष अल खेलाइफी भने एमबाप्पेलाई पीएसजीमै राख्न चाहन्छन् । 

स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडले लामो समयदेखि एमबाप्पेमाथि आँखा लगाउँदै आएको छ । रियल म्याड्रिडको त्यो प्रयास यसअघि पनि असफल भएको थियो । त्यसैले एमबाप्पेले रियल म्याड्रिड जान नै पीएसजी छाड्न खोजेको अनुमान गरिएको छ ।

तर, एमबाप्पेले भने आफूले रियल म्याड्रिड जान पीएसजी छाड्न खोजेको हल्लाको खण्डन गरेका छन् । पीएसजीले एमबाप्पेलाई क्लबमा रहने वा नरहने भन्ने विषयको निर्णय लिन जुलाई ३१ तारिखसम्मको समय दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप