आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय आविष्कार केन्द्रलाई भीमसेन थापा पुरस्कार

मङ्गलबार, ०२ साउन २०८०, १८ : ३४
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । यस वर्षको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ ।

राष्ट्रिय विभूति थापा स्मृति प्रतिष्ठानको मंगलबार बसेको बैठकले यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान निर्णय गरेको हो । 

प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वर तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले भीमसेन थापाको २४९औँ जन्मजयन्तीको अवसरमा यही साउन ९ गते उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव लक्ष्मण थापाले जानकारी दिए ।

उक्त पुरस्कारको राशि रु एक लाख रहेको छ । गत वर्ष उक्त पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप