आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राजदेवी मन्दिरमा चोरी गर्ने  थप १ जना चोर पक्राउ

मङ्गलबार, ०२ साउन २०८०, २० : २७
मङ्गलबार, ०२ साउन २०८०

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ मा रहेको राजदेवी मन्दिरमा चोरी गरेको आरोपमा फरार रहेका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिकाको वडा नम्बर ६ बस्ने २३ वर्षीय मोहम्मद नसिब रहेका छन् ।

२०६९ साल फागुन १४ गते राति मन्दिरमा एक समूहले चोरी गरेको थियो । यस विषयमा डाँका,हातहतियार खरखजाना तथा संगठित अपराध मुद्दामा अदालतमा मुद्दा चलिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । प्रहरीले यस मुद्दामा पुजारी धिरज यादवको जाहेरी अनुसार मोहम्मद सरिफलाई पक्राउ गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप