मेस्सीको मियामीमा पहिलो अभ्यास खेल (फोटोफिचर)
बुधबार, ०३ साउन २०८०, ०८ : ०८
काठमाडौं । अर्जेन्टिन फुटबल स्टार लियोनेल मेस्सी इन्टर मियामीमा औपचारिक रुपमा आबद्ध भइसकेका छन् । हालै मात्रै पेरिस सेन्ट जर्मन क्लब छाडेर अर्को फुटबल क्लब इन्टर मियामीसँग आबद्ध भएको मेस्सीको भब्य स्वागत गरिएको थियो ।
उनको स्वागतका लागि विशेष कार्यक्रम आयोजना गरेको मियामीले हजारौं समर्थकहरुलाई स्टेडियममा समेत उतारेको थियो ।
हालै उनै मेस्सी मियामीको पहिलो अभ्यास खेलमा देखिएका छन, जसको तस्विर मिलामीले नै सार्बजनिक गरेको छ ।