आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भैरहवाबाट रासायनिक मल लिएर नेपालगन्ज जाँदै गरेको ट्रक दाङमा दुर्घटना

बुधबार, ०३ साउन २०८०, १० : ३१
बुधबार, ०३ साउन २०८०

बुटवल । भैरहवाबाट रासायनिक मल लिएर नेपालगन्ज जाँदै ट्रक  दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलामा आज बिहानै दुर्घटनामा परेको छ। 

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका–९ स्थित अमिलिया र बाँकेको सिमानामा पर्ने शिव खोलाको पुलबाट खसेको हो। 

भैरहवाबाट नेपालगन्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीर बहादुर वालीले घाइते चालक रुपन्देहीका बस्ने ३७ वर्षमा वसन्त लोहनियालाई उपचारको लागि नेपालगन्ज पठाएको रातोपाटीलाई बताए । सहचालक भने निस्किन सफल भए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप