सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एसीसी इमर्जिङ टिम्स एसिया कप : यूएईको दोस्रो विकेट पतन

बुधबार, ०३ साउन २०८०, ११ : २६
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को दोस्रो विकेट लिएको छ । नेपाली बलर पवन सर्राफले यूएईको दोस्रो विकेट लिएका हुन् । उनले यूएईका अंश टण्डनलाई तीन रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काए । 
यससँगै यूएईले १५‍‍=४ ओभरमा ५२ रन बनाएर खेलिरहेको छ । 

यूएईले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको हो । नेपाल र यूएई दुबै टोली उपाधि होडबाट भने बाहिरिइसकेको छ । समूह ‘बी’ बाट भारत र पाकिस्तान नकआउट चरणमा पुगिसकेका छन् ।

 बुधबार दिउँसो हुने समूहगच रणको अन्तिम खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । दुबै टोली समूह विजेता बनेर सेमिफाइनलमा पुग्ने योजनामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप