मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा १ लाख १३ हजार नाघ्यो

बुधबार, ०३ साउन २०८०, ११ : ३३
बुधबार, ०३ साउन २०८०

काठमाडौं । बुधबार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्दै १ लाख १३ हजार एक सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ६ सय रुपैयाँले नै बढ्दै १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसैगरी चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले वृद्धि हुँदै एक हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप