आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नायक सारुक मृत्यु प्रकरण

सारुकका पितासँग बयान लिँदै प्रहरी, किटानी जाहेरी दिन सुझाव

बुधबार, ०३ साउन २०८०, १९ : ००
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । अभिनेता सारुक ताम्राकारको मृत्यु प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीले उनका पिता सानु ताम्राकारसँग बयान लिने भएको छ । सारुक रोतोपुलस्थित आफ्नै घरमा मृत फेला परेका थिए ।

ताम्राकारको मोबाइल परीक्षण रिपोर्ट कुरिरहेको प्रहरीले सारुकका निकटस्थहरूसँग सोधपुछ गरिरहेको छ । मोबाइलको रिपोर्ट आउन कम्तीमा दुई साता लाग्ने प्रहरीको भनाई छ ।

यसअघि प्रहरीले सारुकले सुटिङ गरिरहेको ‘ह्यासट्याग माया’ का निर्देशक राजीव गुरुङ र निर्माता शर्मिला थापासँग सोधपुछ गरेर ‘कागज’ गराइसकेको छ ।

प्रहरी वृत्त मालिगाउँका अनुसन्धान अधिकृतहरूले सारुकलाई आत्महत्या गर्न ‘दुरुत्साहन’ गरिएको थियो वा थिएन भन्ने बारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

यता, नेपाल चलचित्र कलाकार संघले सारुकका पिता सानुसँग भेटेर उनलाई यस विषयमा किटानी जाहेरी नै दिन सुझाव दिएका छन् । अध्यक्ष मोहन निरौलाले भने, ‘हामीले सुझाव दिएका छौँ । उहाँले यसबारे सोचेर निर्णय लिन्छु भन्नु भएको छ ।’ 

यता, रातोपाटीसँगको कुराकानीमा सानुले मोबाइल परीक्षणको रिपोर्ट आएपछि यसबारे निर्णय लिने बताएका थिए । अहिले सारुकको परिवारले मृत्युबारे ‘अनुसन्धान गरिपाऊँ’ भनेर सामान्य निवेदन मात्र दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप