सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विकेटकिपर अर्जुनद्वारा स्टम्पिङ आउट भए फाहद नवाज

बुधबार, ०३ साउन २०८०, १२ : २१
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को पाँचौं विकेट लिएको छ ।

यूएईका ब्याट्सम्यान फाहद नवाज चार रनको ब्यक्तिगत स्कोरमा कुशल भुर्तेलको बलमा विकेटकिपर अर्जुन साउदद्वारा स्टम्पिङ आउट भएका हुन् । फाहद नवाज आउट हुँदा यूएईले २७.५ ओभरमा एक सय १६ रन बनाएको छ । 

यूएईले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको हो । नेपाल र यूएई दुबै टोली उपाधि होडबाट भने बाहिरिइसकेको छ । समूह ‘बी’ बाट भारत र पाकिस्तान नकआउट चरणमा पुगिसकेका छन् ।

बुधबार दिउँसो हुने समूहगच रणको अन्तिम खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । दुबै टोली समूह विजेता बनेर सेमिफाइनलमा पुग्ने योजनामा छन् ।   

समूह ‘ए’ बाट भने दुई टेस्ट राष्ट्र श्रीलंका र बंगलादेश नकआउट चरणमा पुगिसकेका छन् । चार—चार अंक जोडेको श्रीलंका पहिलो र बंगलादेश दोस्रो हुँदै सेमिफाइनलमा पुगेका हुन् । चार अंक नै जोडे पनि श्रीलंका र बंगलादेशसँग नेट रन रेटमा पछाडि परेको अफगानिस्तान समूहगत चरणबाटै बाहिरिएको थियो । चौथो स्थानमा रहेको ओमानले भने एक खेल पनि जित्न सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप