आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गीत ‘बादल, वर्षा, बिजुली’ भारतमा समेत चर्चित

बुधबार, ०३ साउन २०८०, १६ : ११
बुधबार, ०३ साउन २०८०

गीत ‘बादल, वर्षा, बिजुली’ टिकटकमार्फत् अत्यधिक चर्चित भयो । केही समय अघि टिकटक स्क्रोल गरेर हेर्दा लगभग प्रत्येक भिडियो यही गीतसँग सम्बन्धित हुन्थे । यो गीतको नयाँ भर्सन पनि निकालिएको छ । गीतलाई गायक आनन्द कार्की र प्राश्ना शाक्यले गाएका हुन् । 

अहिले नेपालमा यो गीत केही सेलाएको छ तर भारतमा भने यसको चर्चा चुलिएको छ । यो गीतमा प्रिन्सी र प्रिज्मा खतिवडाले नाचेको भिडियो इन्स्टाग्राम रिलमा राखिएपछि यो व्यापक चर्चामा आइरहेको छ । भारतीय सञ्चार माध्यमले यसबारे समाचार पनि लेखेको छ । जसअनुसार एक मीम पेजले उनीहरूको भिडियोलाई इन्स्टाग्राम रिलमा राखेपछि यो गीत भाइरल भएको हो । मीमको पेजमा हजारौँ भ्यु र लाइक आइसकेको पनि बताइएको छ । 

यो गीत अहिले चर्चामा भए पनि यो १९ वर्ष अघि रिलिज भएको कर्तव्य फिल्मको गीत हो । गीतमा आनन्द कार्कीको पनि स्वर रहेपनि टिकटक भिडियो र इन्स्टा रिलमा प्राश्ना भर्सन मात्रै प्रयोग गरिएको छ । गीतको सङ्गीत सचिन सिंहले भरेका छन् । 

गीतमा दिलीप रायमाझी र सज्जा मैनालीको अभिनय रहेको छ । यी बाहेक फिल्ममा राजेश हमाल र निखिल उप्रेतीसमेत छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप