आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रचनाको ‘आउ तिमी अँगालोमा’मा गम्भीर  र अनिषाको रोमान्स

बुधबार, ०३ साउन २०८०, १७ : ०२
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । गायक सुरेश लामा र गायिका रचना रिमालको युगल स्वर रहेको ‘आउ तिमी अँगालोमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

रोमाण्टिक शैलीमा तयार गीतमा डा. चन्द्र गिरीका शब्द तथा अर्जुन पोखरेलको संगीत तथा संगीत संयोजन छ ।

गीतको भिडिया गम्भीर विष्टले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । भिडियोमा निर्देशक विष्ट र अनिषा ओलीको अभिनय देख्न सकिनछ । 

भिडियोमा गीतकार डा. चन्द्र गिरी, तेजश्वी गिरी, विनिता राई र साजन पाख्रिन समेत कलाकारको रुपमा देखिएका छन् ।

दिनेश पराजुलीको छायाँकन रहेको भिडियो नवीन निरौलाले सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप