आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हङकङमा ‘नेपाल टुरिजम फिल्म फेस्टिभल’

बुधबार, ०३ साउन २०८०, १८ : १५
बुधबार, ०३ साउन २०८०

हङकङ । ‘मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेञ्ज २०२३’ मा विजेता दस भिडियो हङकङमा प्रदर्शन भएको छ । विजेता भिडियोहरू आइतबार साँझ हङकङस्थित हेनरी जि लियोङ हल, याउ मा तेईमा प्रदर्शन गरिएको हो ।

प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका पर्यटकीय थलोहरू विश्वमाझ प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाल टुरिजम फिल्म फेस्टिभल’ आयोजना गरिएको आयोजक वि विल राइज फाउन्डेसनका अध्यक्ष तुलसी कुमार गुरुङले बताए ।

‘नेपालको सांस्कृतिक विविधतालाई बाहिर देखाउन सकेनौँ भने हाम्रो भाषा संस्कृति नेपाल बाहिर कतै पनि जान सक्दैन । नेपालमा त्यस्ता धेरै सुन्दर पर्यटकीय स्थलहरू छन् जसलाई यस भिडियो च्यालेञ्जले प्रवर्द्धन गरिरहेको छ,’ अध्यक्ष गुरुङले भने ।  ‘२०१९ को भिडियो च्यालेञ्जबाट लमजुङको राइनस र तनहुँको मनाङ कोट धेरै नै चर्चामा आएको समेत उनले बताए । उनले यस फिल्म फेस्टिभलले नेपालको कुना कन्दरामा रहेका पर्यटकीय महत्वका नवीन थलोहरू एवं कला संस्कृतिलाई विश्वभर उजागर गर्न सघाउनेमा जोड दिए ।

त्यस्तै, हङकङस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत उदय बहादुर राना मगरले ‘हामी उठ्ने छौ’ भन्ने नाराका साथ फाउन्डेसनले सिङ्गो नेपाललाई देश विदेशमा पुर्‍याएकोमा आयोजकलाई धन्यवाद व्यक्त गरे । ‘हामी प्रवासमा जन्मेर हुर्किएका छौँ, कतिपयले हङकङलाई कर्मथलो बनाएर यहाँ बस्दै आएका छौँ । यस वृत्त चित्रबाट हामी नपुगेका र नदेखेका ठाउँहरूको बारेमा पनि जान्ने र बुझ्ने मौका पाएका छौँ ।’ उनले भने, ‘आगामी दिनमा नेपालको प्राकृतिक तथा सांस्कृतिक सौन्दर्यलाई देश विदेशमा प्रचार गर्ने काममा यहाँहरूको संस्था लागिरहनुहुनेछ भन्ने अपेक्षा गरेको छु ।’ कार्यक्रमको सञ्चालन फाउन्डेसनका इभेन्ट म्यानेजर प्रभात रिमालले गरेका थिए ।

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेञ्ज २०२३ मा वेस्ट भिडियो अफ द इयरको उपाधि  जितेको टिम डुलुवाको ‘दि नर्थन वाल’,  ‘जजेज च्वोइस अवार्ड  जितेको  आर्यन कुँवरको ‘मयूरी चाल’ , टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’– ‘मोष्ट एर्नजेटिक भिडियो मेकर’, ‘फ्युचर स्टार अफ दि इयर’–आदर्श पाण्डे, ‘मोष्ट पोटेन्सियल डेस्टिनेसन’–सन्दकपुर गाउँपालिका, ‘वेस्ट एडिटर’–आकाश धिमाल, ‘वेस्ट स्क्रिप्ट–भ्वाईस ओभर’–रुमन थापा, ‘वेस्ट स्टोरी कन्सेप्ट डिरेक्सन’–सुरेश कुमार मुखिया, ‘वुनम भिडियो मेकर अफ दि इयर’–गरिमा भण्डारी र ‘वेस्ट सिनेमाटोग्राफर’–सन्तोष मालेकका दश विधाका भिडियो प्रदर्शन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप