आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सप्तकोशी किनारमा झगडा गर्ने थप दुई जना युवती पक्राउ

बुधबार, ०३ साउन २०८०, १८ : १९
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोशीको किनारामा झगडा गरेको आरोपमा थप दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

असार २९ मा मादक पदार्थ सेवन गरेर ५ जना युवती मिलेर ३ जनालाई निर्घात कुटपिट गरेका थिए । सो घटनामा संलग्न थप दुई जनालाई पक्राउ गरिएको जिप्रका सुनसरीका डिएसपी राजकुमार राईले रातोपाटीलाई बताए । 

पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–८ बस्ने १८ वर्षीय दुर्गा राई र २२ वर्षीय विनीता उराउ छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका ईन्स्पेक्टर राजेश दत्त नेतृत्वको टोलीले उनीहरूलाई  पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

कुटपिट भएकै दिन घटनामा संलग्न बराहक्षेत्र नगरपालिका–१० स्थित प्रकाशपुर घर भएकी १९ वर्षीय प्रिति लिम्बुलाई प्रहरीले पक्राउ गरेको थियो । कुटपिटमा संलग्न दुई जना अझै फरार छन् ।

सप्तकोशी किनारा स्थित राजाबासमा १९ वर्षीय मनिषा राई समेतलाई ‘बेइज्जत’ गरेको आरोप लगाएर निर्घात कुटपिट गरेका थिए । कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । आरोपीतहरुले नै भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको डिएसपी राईले जानकारी दिए । प्रहरीले उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप