आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश सरकारमाथि प्रश्न उठाउने बुढाथोकीलाई कारबाहीको माग

बिहीबार, ०४ साउन २०८०, १३ : ३३
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ ।  नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले केन्द्रीय सदस्य केशव बुढाथोकीलाई कारबाहीको माग गरेका छन् ।  केन्द्रीय समिति बैठकमा गत निर्वाचनमा कांग्रेसका उम्मेदवार हराउन बुढाथोकीले भूमिका खेलेको थापाले आरोप लगाए । 

‘झापा २ मा कांग्रेसको गठबन्धनको उम्मेदवार हराउने उहाँ हो । देउमान थेबेलाई भोट नदेऊ, हराऊ भनेर मेसेज गर्नुभएको छ,’ थापाले भने, ‘चुनावको बेला अस्ट्रेलिया जानुभयो । सकिएपछि फर्किनुभयो । पार्टीलाई सङ्कट पर्दा भागेर जाने ? यस्ता नेतालाई कारबाही हुनुपर्दछ । भागेर अस्टेलिया गएको रेकर्ड छ ।’

केन्द्रीय सदस्य बुढाथोकीले जिल्ला सभापति थेबेले आफूखुसी र विधान विपरीत पार्टी सञ्चालन हुने गरेको आरोप लगाएका थिए । कांग्रेसको नेतृत्वमा बनेको सरकार मान्ने कि नमान्ने प्रश्न बुढाथोकीले उठाएको भन्दै थापाले भने, ‘कार्यकर्ताको मनोबल घटाएको छ । शक्तिलाई खुम्च्याउने काम पार्टीभित्रैबाट भएको छ । कार्यकर्तालाई हप्काउने नेतृत्वले कांग्रेसलाई कहाँ पुर्‍याउँछ ?’ बुढाथोकीले कोशी प्रदेशका सभामुखलाई विवादमा पार्ने काम भएको बताए ।

उनले भने, ‘सभामुख मात्र होइन, उ प्रदेश सभाको सदस्य पनि हो । सदस्यको आफ्नो एउटा भूमिका पनि हुन्छ ।’ सभामुखले सरकारको डेडलकबाट हुनबाट रोकेको उनको भनाइ छ । मुख्यमन्त्री थापाले बुढाथोकीलाई एमालेको हिक्मत कार्कीलाई मुख्यमन्त्री बान्ने चुनौती दिए । ‘पार्टीको केन्द्रीय सदस्यले आफ्नो सरकारको बचाउन गर्नुपर्छ । होइन भने उहाँले एमालेको हिक्मत कार्कीलाई मुख्यमन्त्री बाने हुन्छ । गठबन्धनबाट मुख्यमन्त्री बानेकालाई नमाने हुन्छ । त्यो तपाईंको विचारको कुरा हो ।’

यस्तै उनले धेरैपछि बसेको बैठकबाट राम्रो कार्यक्रम आएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप