आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द

बिहीबार, ०४ साउन २०८०, १४ : २४
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द गरेको छ।  कलाकार समेत रहेका सन्दीप क्षेत्रीले सञ्चालन गरेको उक्त कार्यक्रम विवादमा तानिएपछि टेलिभिजनले यस्तो निर्णय लिएको हो । 

कलाकार पल शाहलाई आफ्नो शोमा बोलाएर उनले बलात्कारलाई मजाकको विषय बनाएको आरोप लागेको छ ।  गत असार २३ गते प्रशारित उक्त शोमा छनोट गरिएका पत्रसँगको संवाद संस्थाको सम्पादकीय नीतिविपरीत रहेको टेलिभिजनले जनाएको छ । सोहीअनुसार उक्त सामग्री युट्युबबाट हटाइएको भन्दै टेलिभिजनले महिलाको स्वाभिमान  र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमका उत्पादन र प्रशारण पूर्णत रोकिएको जानकारी गराएको छ । 

टेलिभिजनले भनेको छ, ‘गत असार २३, शनिबार प्रसारित “हृवाट द फ्लप” मा छनोट गरिएका पात्रसँगको संवाद हाम्रो सम्पादकीय नीतिविपरीत रहेकाले उक्त भिडियो हामीले युट्युबबाट हटाइसकेका छौं । महिलाको स्वाभिमान र सामाजको चेतनालाई सम्मान गर्दै “हृवाट द फ्लप” कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी गराउँछौं ।’
त्यसको सातो चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने पनि टेलिभिजनले जनाएको छ ।

  नाबालिग बलात्कारको आरोपमा जिल्ला र उच्च अदालतबाट सफाइ पाएका अभिनेता पल शाहलाई प्रस्तोता सन्दीपले अतिथिको रुपमा बोलाएका थिए । कार्यक्रममा उनले जेल पर्दाको अनुभव सुनाइरहँदा क्षेत्रीले त्यसलाई मजाक बनाउँदै हाँसेका थिए । बलात्कारजस्तो संवेदनशील विषयलाई राष्ट्रिय टेलिभिजनमा मजाकको विषय बनाइएको भन्दै आलोचना हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप