सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फिफा वरियतामा नेपाल पहिलेकै स्थानमा

बिहीबार, ०४ साउन २०८०, १६ : २३
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा) ले आज सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत छ ।

फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५ औंँ स्थानमा छ । 

नयाँ वरियताअनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ९९ औंँ स्थानमा छ भने माल्दिभ्स १५५ औँ स्थानमा छ । नेपालपछि भुटान १८५ औँ, बङ्गलादेश १८९ औंँ, पाकिस्तान २०१ औंँ,  र श्रीलङ्का २०४ औँ स्थानमा छ ।

विश्व वरियताको शीर्ष स्थानमा अर्जेन्टिना छ भने दोस्रो स्थानमा फ्रान्स छ । यसैगरी ब्राजिल तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौँथो तथा बेल्जियम पाँचौं स्थानमा छन् । 

यसैगरी क्रोसिया छैटौँ, नेदरल्याण्ड्स सातौँ, इटाली आठौँ, पोर्चुगल नवौं तथा स्पेन दशौँ स्थानमा छन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप