मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मधु आचार्यले बैठकमा राखे एसी, बीसी, सीसी र डीसी कांग्रेसको प्रस्ताव

बिहीबार, ०४ साउन २०८०, १७ : ५७
बिहीबार, ०४ साउन २०८०

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टी रुपान्तरणका लागि चारवटा प्रस्ताव राखेका छन् । केन्द्रीय समितिको बैठकमा आचार्यले एसी, बीसी, सीसी र डीसी कांग्रेसको प्रस्ताव गरेका हुन् ।

‘एसी कांग्रेस एजेण्डामा आधारित कांग्रेस हुनेछ । एजेण्डाको आधारमा पार्टी सञ्चालन भए गुट स्वतः समाप्त हुन्छ,’ उनले भने, ‘बीसी कांग्रेस बेसको हो । जगलाई आधार बनाएर पार्टी गतिविधि तल्लो तहमुखी हुनुपर्छ ।’

‘नेता र उम्मेदवार चुन्दा जगका सदस्यहरुको रायका आधारमा छान्नुपर्ने आचार्यको भनाइ छ । ‘सीसी कांग्रेस अन्तर्गत क्लिन कांग्रेस । भ्रष्टाचार मुक्त, सुशासनयुक्त कांग्रेस बनाउन भ्रष्टाचार विरोधी अभियान सुरु गर्नुपर्ने छ, आचार्य भन्छन्, ‘भ्रष्टचार विरोधी आन्दोलन पहिले पनि कांग्रेसले गरेको हो । अहिले पनि कांग्रेस नै अग्रसर हुनुपर्दछ ।’

कांग्रेस रुपान्तरणका लागि बैठकमा राखेको उनको चौथो प्रस्ताव डिसी अर्थाते डिजीटल कांग्रेस । डाटाको आधारमा काम गर्ने कांग्रेस बनाउन उनको आग्रह छ । 

यस्तै आचार्यले पार्टीले कुनै गतिविधि नगर्दा आफूहरूले कांग्रेस रूपान्तरण अभियान गर्दै सातै प्रदेश भेला गरेको बताए ।

आचार्यले भ्रष्टाचार काण्डमा जोडिएकाहरुलाई निलम्बन गर्न माग गरे । ‘बहुचर्चित भ्रष्टाचारको छानबिन गर्न सरकारलाई दबाब कांग्रेसले दिनुपर्छ । छानबिनका क्रममा दोषी देखिएमा कारबाही गर्नुपर्छ । कांग्रेसले व्यक्ति हेर्दैन, एजेण्डा हेर्छ भन्नुपर्छ । नीतिगत निर्णय गरौं,’ उनले भने, ‘भ्रष्टाचारको कुनै पनि घटनामा पार्टीका सदस्य दोषी देखिएमा स्वतः निलम्बन मानिनेछ भनेर निर्णय गरौं । त्यसमा व्यक्तितर्फ जानुपर्छ भन्ने लाग्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप