आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

किशोरीलाई क्याफेमा बोलाएर बलात्कार प्रयास गर्ने पुरुष पक्राउ

बिहीबार, ०४ साउन २०८०, १८ : २४
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । ललितपुरको ग्वार्कोमा एकजना पुरुषले किशोरीलाई बलात्कार प्रयास गरेका छन् । जागिर खोजीरहेकी २० वर्षीय किशोरीलाई दाङको तुलसीपुर उपमहानगरपालिका–१५ घर भएका ४१ वर्षीय महेश नेपालीले ग्वार्को स्थित सनराइज क्याफेमा बोलाएर बलात्कार प्रयास गरेका हुन् ।

बुधबार वर्क फ्रम होम ‘घरबाटै काम गर्न मिल्ने’ जागिर मिलाइदिन्छु भनेर नेपालीले किशोरीलाई क्याफेमा बोलाएका थिए । क्याफेमा पुगेपछि एकतला माथि रहेको कोठामा लगेर आफ्नो हात तानेपछि किशोरीले प्रतिकार गरिन् । क्याफेका वेटरले देखेपछि उद्धार गरेर प्रहरीलाई खबर गरेका थिए ।

बलात्कार प्रयास गरेको आरोपमा महेश नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी (एसपी) नवराज कार्कीले रातोपाटीलाई बताए । उनले भने,‘जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेका छौँ ।’

जिल्ला अदालत ललितपुरले नेपालीलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । आरोपित नेपाली ललितपुर महानगरपालिका वडा नम्बर–९ बालकुमारीमा बस्छन् । ललितपुरस्थित बिग मार्टमा काम गर्दा पीडित र नेपालीको बीचमा चिनजान भएको थियो । बिग मार्टमा किनमेल गर्न जाँदा त्यहाँ ‘सेल्सम्यान’ रहेकी किशोरीलाई उनले जागिरको आश्वासन दिएर बोलाएको पीडित परिवारको भनाई छ ।

क्याफेमा पुग्दा योजनाबद्ध रुपमा बसेका महेशले ‘आशिष अधिकारी’को नाममा कोठा बुक गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । महेशले घरमै बसेर ‘एक्सल सिटमा डाटा इन्ट्रि गर्ने काम मिलाइदिन्छु’ भनेर किशोरीलाई सल्लाह गर्न भन्दै होटलमा बोलाएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप