आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रविन तामाङको सम्झनामा ‘ट्रिब्युट टु रबिन तामाङ’ सांगीतिक कार्यक्रम हुने

बिहीबार, ०४ साउन २०८०, १३ : ००
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । चर्चित रकगायक रविन तामाङको सम्झनामा ‘ट्रिब्युट टु रबिन तामाङ’ नामक सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । काठमाडौँको ठमेलमा रहेको ‘क्लब फरेनहाइट’ले शुक्रबार साँझ उक्त सांगीतिक कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा कबवे, अभय सुब्बा, अनुप्रस्त लगायत केही चर्चित ब्याण्डको सहभागीता रहनेछ । कार्यक्रममा सहभागी ब्याण्डले स्वगिर्य गायक तामाङको गीतहरु लाइभ प्रस्तुत गर्दै उनको सम्झना गर्छन् । तामाङका ‘केटा केटी’, ‘मेरो माया’, ‘दम मारो दम’, ‘कल्पना’ लगायत कयौँ गीत युवापुस्ता माझ चर्चित छन् । ती गीतहरुनै क्लबमा प्रस्तुत हुनेछ ।

गायक तामाङ भौतिक रुपमा हामी माझ नरहेपनि उनका सृजना हामी माझ सधैँ रहनेछ । उनै गायक तामाङको सम्झना गरौँ र श्रद्धाञ्जली पनि दियौ भनेर कार्यक्रम गर्न लागिएको ‘क्लब फरेनहाइट’ संचालक सोनम शर्पाले बताए ।

गायक तामाङको गत असार १९ गते आफ्नै घरमा निधन भएको हो । नेपाली रक ब्याण्ड ‘रविन एन्ड लुज (रविन एन्ड दि न्यू रेभोलुसन)’का संस्थापक तामाङ लगायतको अलवा अभिनयमा पनि चिनिएका थिए ।

‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत दर्जन बढी फिल्ममा उनको अभिनय देख्न सकिन्छ । उनको पछिल्लो फिल्म ‘छड्के २’ केही अगाडि मात्र प्रदर्शनमा आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप