आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यु–१६ युथ फुटबल लिग : चर्च ब्वाइजमाथि संकटाको जित

बिहीबार, ०४ साउन २०८०, १९ : १५
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । संकटा क्लबले जारी एन्फा यु–१६ युथ फुटबल लिगमा चर्च ब्वाइज क्लबमाथि ४–१ को फराकिलो जित निकालेको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी युथ लिगमा बिहीबार संकटाले चर्च ब्वाइजमाथि फराकिलो जित निकालेको हो । 

जारी लिगमा संकटाको दोस्रो खेलमा पहिलो जित हो । पहिलो खेलमा भने संकटा एपिएफसँग २–१ ले स्तब्ध भएको थियो । चर्च ब्वाइजले भने लगातार दोस्रो हार बेहोरेको छ । यसअघि पहिलो खेलमा चर्च ब्वाइज फ्रेण्ड्स क्लबसँग २–० ले पराजित भएको थियो । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी लिगमा संकटाका लागि सबिनकुमार लुंगेली मगरले दुई गोल तथा रूपेश भुजेल र कृष्णबहादुर आलेले समान एक गोल गरे ।

चर्च ब्वाइजका कुनाल जिम्बाले एक गोल फर्काए । खेलको १६ औं मिनेटमा संकटाका दिलेन लिम्बूले डिएरियाभित्र प्राप्त अवसरलाई सदुपयोग गर्न सकेनन् । उनको फितलो प्रहार चर्च ब्वाइजका रोहन परियारले सहजै बचाउ गरे । तर, २४औं मिनेटमा सविनले गोल गर्दै संकटालाई अग्रता दिलाए । मनिष थापामगरले दिएको लामो पास नियन्त्रणमा लिँदै सविनले गोल गरेका हुन् । त्यसको चार मिनेटपछि नै संकटाले अर्को गोल ग¥यो । किशोरकुमार दनुवारको कर्नर पासमा सविनले हेडमार्पmत दोस्रो गोल गरे ।

पहिलो हाफको थप समयमा दिलेनको अर्को प्रहार चर्च ब्वाइजका गोलकिपर रोहनले मुस्किलले बचाउँदा संकटाले फराकिलो अग्रता लिने अवसर गुमायो । दोस्रो हाफमा पनि संकटाले दुई गोल थप्दा चर्च ब्वाइजले एक गोल फर्कायो । ५३औं मिनेटमा कुनाल जिम्बाले लामो पास नियन्त्रणमा लिँदै काउन्टर अट्याकमार्पmत गोल गरे । त्यो गोलसँगै चर्च ब्वाइज खेलमा फर्केन संकेत ग¥यो । यद्यपि, ८० औं मिनेटमा संकटाले तेस्रो गोल ग¥यो । चर्च ब्वाइजका डिफेन्डर युर्गेन रुम्बाले ब्याक पास नियन्त्रणमा लिन नसक्दा उक्त बल खोस्दै संकटाका रूपेश भुजेलले गोल गरेका हुन् ।

८५औं मिनेटमा संकटा अर्को गोल थप्दै फराकिलो जिततर्फm अग्रसर भयो । डिएरियामा चर्च ब्वाइजका खेलाडीले लडाएपछि संकटाले पेनाल्टी अवसर पायो । उक्त पेनाल्टीमा कृष्णबहादुर आलेले गोल गर्दै संकटालाई फराकिलो जित दिलाए । 

कुल १० टोली सहभागी युथ लिगमा दोस्रो चरणको खेल सुरु भएको छ । आगामी ६ महिनासम्म चल्ने लिगमा मनाङ र पुलिससहित एफसी खुमलटार, संकटा, आर्मी, एपिएफ, फ्रेन्ड्स, चर्च ब्वाइज, न्युरोड टिम र मच्छिन्द्र एफसीले प्रतिष्पर्धा गर्दैछन् । लिगका खेलहरू एन्फा कम्प्लेक्स, च्यासल स्टेडियम र नेपाल आर्मीको खेल मैदान सल्लाघारीमा हुनेछन् । उक्त खेलहरू शनिबार र सार्वजनिक बिदामा मात्र सञ्चालन हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप