आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ललिता निवास प्रकरणका आरोपीको निवेदनमा आज सर्वोच्चले फैसला सुनाउने

शुक्रबार, ०५ साउन २०८०, ०९ : ०७
शुक्रबार, ०५ साउन २०८०

काठमाडौँ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्न सरकारी दस्तखत तथा कागजात किर्ते गरेको प्रकरणका आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज सर्वोच्च अदालतले  फैसला सुनाउने भएको छ ।

बहालवाला सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर कुमार शाह, भाटभटेनी डिपार्टमेण्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको बन्दीको निवेदनसहित सोसँग सम्बन्धित ६ थान मुद्दाको आज फैसला सुनाइने भएको हो । 

यस मुद्दामाथि सोमबारदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप